तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन डोटीमा नेकपाको धर्ना


असोज १८, डोटी– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्देशित अनुसा देशैभर तीन बुँदे सहमति कार्यान्वयन र विध्यमान राष्ट्रिय राजनीतिमा देखिएको संकट त्यसको समाधानमा वर्तमान संसदीय व्यवस्था असफल रहेको पुष्टि भईसकेको भन्दै त्यसको विकल्पमा संयुक्त प्रगतिशील सरकार गठन गरी जनमतसंग्रहको बाटोबाट वैज्ञानिक समाजवादको एजेण्डालाई अगाडी बढाईसकेपश्चात सत्तापक्षबाट त्यसको उचित वातावरण तयारमा देखिएको अस्तव्यस्तता,बेवास्ताको विषयमा धर्ना कार्यक्रम अन्तर्गत डोटी जिल्ला समितिले पनि जिल्ला प्रशासन कार्यालयमा आज धर्ना कार्यक्रमको आयोजना गरेको छ।

२०७७ फागुन २१ गते तत्कालीन सरकारसँग पार्टीले तिनबुँदे सहमति गरेको तर सहमति भएको करिव सात महिनाको  अवधिसम्म आईपुग्दा पनि पार्टीले सरकारसँग गरेको तिनबुँदे सहमति भित्र रहेका माग, सर्त र एजेण्डाहरु सवल रुपमा कार्यान्वयन गर्नुको अलावा उल्टै शान्तिपुर्ण राजनितिक बाटोलाई युद्धरत गतितिर धकेल्न देउवा सरकार उढित रहेको र देउवा सरकारको यस्तो रवैया एकपछि अर्को गरी संस्थागत रुपमा उदाङ्गिदै गएको छर्लङ्ग देखिएको हुदा त्यसकारण जनमतसंग्रहको वातावरण तयारमा पनि कुनै चासो नदेखाएको र त्यो विषयमा आफ्नो स्पष्ट धारणा पुष्टि गर्न पनि सरकारले नसकेको हुदा पार्टीले देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरेको सो पार्टी जिल्ला सेक्रेटरी ध्रुव ओली जनाएका छन । धर्ना कार्यक्रममा जिल्ला इन्चार्ज प्रशान्त, जिल्ला सेकेटरी ध्रुव ओली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0