नेपाली कांग्रेसका शिर्ष चार नेता भोली डडेल्धुरा आउँदै

0
473

नेपाली कांग्रेसका केन्द्रीय शिर्ष नेताहरु पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा आउने भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला, पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापा र गुरुराज घिमिरे भोलि डडेल्धुरा पुग्ने पार्टीका जिल्ला उपसभापति करुणाकर भट्टले जानकरी दिए ।

सबै शिर्ष नेताहरु भोलिको फस्ट फ्लाइटमा धनगढी पुगेर डडेल्धुरा आउने योजना बनेको छ उनले बताए । नेपाली कांग्रेस डडेल्धुराको रिले अनशनमा एक्यबद्धता जनाउनका लागि र बृहत कार्यक्रता भेला सम्बोधन गर्नका लागि चार नेता डडेल्धुरा आउन लागेका हुन ।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानविन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप उक्त पक्षले लगाएको छ। यस्तै आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्।
भोली हुने कार्यक्रममा पाँच हजार कार्यक्रता र तीन हजार भन्दा बढी क्रियाशित सदस्य सहभागि हुने भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here