इपिएल: विराटनगरद्वारा पोखरालाई १७३ रनको लक्ष्य


काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत विराटनगर वारियर्सले पोखरा राइनोजलाई १७३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको हो ।

विराटनगरका लागि आसिफ सेखले सर्बाधिक ४४ रन बनाए भने सिकन्दर राजाले २९ रन बनाएका थिए । त्यसैगरि सन्दीप रजालीले अविजित २८, कप्तान करण केसीले अविजित ९ बलमा २४, दिलशान मुनावीराले १६, अनिल शाहले १२ रन बनाएका थिए ।

पोखराका बलर विक्रम सोबले २ विकेट लिए भने नन्दन यादव, बिबेक यादव र सहान आराचचीगेले एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0