स्वतस्फुर्त युवाहरुको समुहद्धारा अत्तरियामा एमसीसीको विरोध

0
25

अत्तरिया – कैलालीको अत्तरियामा स्वतस्फुर्त युवाहरुको समुहले एमसीसीको विरोध गरेको छ । राष्ट्रिय स्वधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेजको माग गर्दै युवाहरुले विरोध गरेका हुन ।

विरोध स्वरुप युवाहरु एमसीसीको खारेज गर्न माग लेखिएका पम्पलेट बोकेर चोकमा आधा घण्टा उभिएका थिए ।

पम्पलेटमा ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘म मरे पनि मेरो देश बाचिरहोस्’,‘आगो सहन्छु अन्याय सहन्न, तृष्णा सहन्छु तिरस्कार सहन्न’, ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न’, ‘मैले तिरेको करमा मोजमस्ती, विदेशीले दिने सहयोगमा समृद्धि रु’, ‘मेरो देश मेरो चासो’ लगायतका नारा लेखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here