अवरुद्ध साफे– मार्तडी सडक सुचारु


बाजुरा – पहिरोल अवरुद्ध साफे– मार्तडी सडक सुचारु भएको छ । बर्षातका कारण बिगत तिन महिनादेखि अवरुद्ध सो राजमार्ग बुधबार देखि सुचार भएको हो ।

पहिरोले अवरुद्ध राजमार्गमा ट्याक खोलेपछि राजमार्ग सुचारु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले बुढिगंगा नगरपालिका १ अम्कोट लगायतका सो सडक खण्डको दर्जनौ स्थानमा गएको पहिरो हटाइ सामान्य ट्र्याक मात्रै खोलिएको बताए ।

हेभिईक्युप्मेण्ट डिभिजन कार्यालय गोदावरीले ट्र्याक खुलाउने कार्यमा सहयोग गरेको बताउदै प्रमुख जिल्ला अधिकारीले अहिले उक्त ट्र्याकबाट ट्र्याक्टर र टिप्पर मात्रै संचालन गर्न सकिने बताए । उनले अहिले पनि सडक माथिबाट लेदो खसिरहेका कारण सामन्य पानी परे पुन बाटो अवरुद्ध हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0