बझाङमा सेती नदीको किनारामा एक महिलाको शब भेटियो


बझाङः बझाङमा नदी किनारामा एक महिलाको शव फेला परेको छ । जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीको पानकोट पुल मुनी बुधबार महिलाको शव फेला परेको हो ।अन्दाजी २५ बर्षकी जस्तो देखिने ति महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ती महिलाको शव पानकोट पुल मुनीको ग्याविन जालीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिन । उनले महिलाको शव चिनिने अवस्थामा नभएको बताए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0