आलोक मल्टी कन्सर्न पुनः संचालनको तयारीमा


धनगढी । उद्घाटन अगावै आगलागीबाट पुर्ण क्षति भएको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि पुनस् संचालनमा आउने अन्तिम तयारीमा रहेको छ ।

गत चैत पहिलो सातामा सावाँ पाँच करोड लगानीमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा हुने तयारी रहेका बेला फाल्गुन २२ गते शनिबार एक्कासि उद्योगमा आगलागी हुँदा पुर्ण रुपमा ध्वस्त भएको थियो । झण्डै पौने पाँच करोडको नोक्सान भएको थियो ।

आगलागीबाट पुर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग र उद्योग संचालनमा आउन्जेलसम्म सहुलियत रुपमा विभिन्न ब्यक्तिको आर्थिक रकम सहयोगबाट तत्कालै उद्योग संचालनमा ल्याएर उत्पादन सुरु गरेको थियो । आलोक मल्टी कन्सर्नको सोरुम भने दशै तिहारको बिचमा संचालनको तयारी रहेको संचालक भोजराज भट्टले बताए ।

आगलागी भएपछि आलोक मल्टी कन्सर्न प्रालिले ब्यवस्थित रुपले तीन वटा छुट्टाछुट्टै भवन निर्माण गरेर संचालनमा ल्याउने तयारी गरेको छ । अगाडिको भवनमा आलोक मल्टी कन्सर्न प्रालिको सोरुम ,पछाडीका दुई भवनमा गोदाम र उद्योग रहेको छ । झण्डै ९ करोड लागतमा पुनः संचालनको तयारीमा रहेको संचालक भट्टले बताए ।

भारत तथा अन्य देशबाट आयातित हाउस डेकुरेसन सामाग्री अब धनगढीमै सस्तो,गुणस्तरीय तथा अत्याधुनिक घर निर्माणपछिका आवश्यक पर्ने फर्निचर,फर्निसिगं, किचनका डेकुरेसन,इन्टेरियर डेकुरेटका सामाग्री उत्पादित गर्ने उदेश्य रहेको संचालक भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0