एकीकृत नभएको बझाङको एमाले, छुट्टा छुट्टै भेला


११ असोज, बझाङ- (दिपक राज जोशि) 
बझाङको नेकपा ९एकीकृत मार्क्सवादी(लेनिनवादी) पार्टिमा बिवाद एथावत छ । नवौ अधिबेशनबाट निर्वाचित जिल्ला अध्यक्ष र उपाध्यक्ष अर्को पार्टिमा लागेपछि एमालेमा सो पद हाल रिक्त रहेका छन् । सचिब दमन भण्डारिले असोज ११ गते बैठक का लागि सुचना सम्प्रेशण गरेका छन् ।

सुदुर पश्चिम प्रदेश कमिटि का अध्यक्षले जिल्ला कमिटि अध्यक्ष मा अफिलाल ओखेडालाई जिम्मेवारि दिएर समानान्तर कमिटि बनाई कामकाज गर्दै आईरहेका छन् । दुईवटै पक्षले छुट्टा छुट्टै बैठक सञ्चालन गर्दै निर्णय गर्दै आईरहेका छन ।
एमालेका प्रभाबसालि नेता भानुभक्त जोशिले दमन भण्डारिले ले बोलाएको बैठकमा उपस्थितका लागि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका छन् । नवौ अधिबेशन बाट निर्वाचित बहुसख्ंयक जिल्ला कमिटि सदस्य सचिब भण्डारि ले आव्हान गरेको बैठकमा उपस्थित हुदै आईरहेका छन् ।

अर्का कमिटिका जिल्ला कमिटि अध्यक्ष अफिलाल ओखेडाले मनोनित गरेका जिल्ला कमिटि सदस्यको उपस्थित गराई बैठक सञ्चानल गर्दै आईरहेका छन् । दुबै पक्ष आफुले आफैलाई आधिकारिक बताउदै आईरहेका छन् । यस जिल्ला को समस्या केन्द्रिय कमिटिमा समेत छलफल भएको तर विवाद अझै नमिलेको अधिकारिे बताउदै आईरहेका छन् ।
१० बुदे सहमति कार्यान्यवन गरे कृत्रिम विवाद हट्ने जानकार बताउछँन । एकले अर्को पक्षको बैठकमा सहभागि नहुनका लागि भरपुर प्रयास गरिहेका हुन्छन् । यसरि राजनितक दलहरुले बिवाद सिर्जनागरि जनतामा भ्रम फैलाउनमा ब्यस्त रहदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0