जोरायल गाउँपालिमा विद्यालय बन्द, तलब नपाएका शिक्षक आन्दोलित


अत्तरीया– डोटीको जोरायल गाउँपालिमा रहेका सबै विद्यालय बन्द गरिएको छ । विद्यालयहरुमा लेखापाल र परीचरले तलब नपाएको भन्दै अनिश्चित कालका लागि विद्यालय बन्द गरेका हुन ।
केन्द्रबाट छुट्याएको १५ हजार तलब गाउँपालिकाले नदिएको भन्दै उनीहरूले आफ्नो माग पुरा नभए सम्म विद्यालय सञ्चालन नहुने अडान राख्दै आज देखि विद्यालय पूर्ण रूपमा बन्द गरेको संघार्ष सतितिका अध्यक्ष प्रकाश थापाले बताए ।
उनीहरूका अनुसार केन्द्रबाट छुट्याएको तलब सबै स्थानमा वितरण गरिसकेको र गाउँपालिकाले नदिने कुरा गरे पछि आफूले विद्यालय बन्द गरको थापाले बताए । गाउँपालिकासंग पटकपटक छलफल गर्दा तलवका लागि स्रोत नभएको र जतिसक्दो चाडो स्रोत जुटाएर तलव दिने आश्वासन मात्र दिएपछि विद्यालय बन्द गर्न बाध्य भएको नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक एवं जोरायल शिक्षक महासंघका सह–अध्यक्ष उमेश कुमार साउँदले बताए ।

गाउँपालिकामा शिक्षा अधिकारी तेज बहादुर खत्रीका अनुसार केन्द्रबाट छुट्याएको तलबमा कर्मचारीहरुको तलब सामान्यतया १५ हजार पुर्याउने लक्ष्य रहेकोमा केन्द्रबाट ८ हजार र गाउँपालिकाले ७ हजार थपेर १५ हजार पुर्याइएको हो तर गाउँपालिकाले बजेट नछुट्याएको र गाउँपालिकाका कर्मचारीको तलबको बारेमा छलफल गरिरहेको बताएका छन् । जोरायल गाउँपालिकामा ५९ सरकारी विद्यालय रहेको छन ।

शिक्षकले नै तलव नपाएपछि अहिले सबै विद्यालय बन्द भएका छन । कोरोना महामारीका कारण लोमो समयपछि विद्यालय खेलेका थिए । लामो समयपछि विद्यालय जान पाएका विद्यार्थी विद्यालय बन्द हुँदा फेरी समस्यामा परेका छन । संघर्ष समितिले आफ्नो माग पुरा नभए भाली सबै विद्यालयमा तालाबन्दी गर्ने र १२ गते गाउँपालिकामा तालाबन्दी गर्ने संघर्ष समितिको पत्रमा लेखिएको छ । संघर्षतर शिक्षहरुले यसअघि पनि विभिन्न विरोध कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0