अभियान्ता भट्टको पहलमा हाँस्य कलाकार पाडेको जन्मदिन दृष्टि फाउण्डेसनमा मनाइयो


अत्तरिया १० असोज । नेपाली हाँस्य क्षेत्रका हस्ती चर्चिक कलाकार अर्जुन घिमिरे ‘पाणे’को जन्मदिन कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालमा मनाइएको छ । दृष्टि फाउण्डेसन नेपालमा मानशिक सन्तुलन गुमाएका दीदी बहिनी, आमाहरु र अनाथ बालबालिकाहरुलाई खाद्यान्न सामग्री र फलफूल वितरण गरि जन्म दिन मनाइएको हो ।

समाजिक कार्यमा निकै अग्रसर सामाजिक अभियन्ता यशोदा भट्टद्वारा असोज ९ गते परेको पाणेको जन्म दिनको अवसरमा खाद्यान्न सामग्री, फलफूल सहित केक काटेर मानाएको बताइन् ।

साथै दृष्टि फाउण्डेसन नेपालमा रहेका मानशिक सन्तुलन गुमाएका दीदी बहिनी आमाहरु अनि अनाथ बालबालिका हरु संग खुशी बाँड्दै बेलुका को खना सहित जन्म दिन मनाएको अभियन्ता भट्टले बताइन् । पछिल्लो समय अभियान्ता भट्ट समाजिक कार्यमा निकै अग्रसर देखिनछन । भट्टले दृष्टि फाउण्डेसनमा जन्म दिन मनाउदै गर्दा र समस्यामा परेका मानिसाई सहयोग गर्न पाउदा आफूलाई निकै सन्तुष्टि मिलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0