देउवाको गृहजिल्लामा देउवा पक्षद्धारा पालिका अधिवेशन सम्पन्न, मल्ल पक्ष आन्दोलित


अत्तरिया, असोज १०-  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन सम्पन्न भएको हो। अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट ९मायालु० निर्वाचित भएका छन्।
शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताए।
अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाँउपालिका सभापतिमा निर्वाचित भएका छन् । सचिवमा देबराज पनेरु विजय भएका छन्। यता परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी एक सय ४८ मत सहित बिजय भएका छन्। जम्मा २०० मत खसेका थिए।
गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका छन्।
कहाँ को जिते रु
१० परशुराम नगर सभापति भरत बडायर जोशी
२० अमरगढी नगर सभापति खेमराज भट्ट
३० अजयमेरु गाउँपालिका सभापति टेकराज पाण्डेय
४० नबदुर्गा गाउँपालिका सभापति भोजराज भट्ट
५० आलिताल गाउँपालिका सभापति चन्द्रदेब बोहरा
६० भागेश्वर गाउँपालिका सभापति डम्बरराज जोशी
७० गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्की

एक पक्षले पालीका अधिवेशन सम्पन्न गरेको घोषण गरेको छ भने वर्तमान कार्यसमितिका सभापति कर्ण मल्लको प्यानलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले रिले अनशन सुरु गरेका छन्। डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी कार्यालयमा बिहीबारदेखि रिले अनशन सुरु गरिएको छ।
चार बुँदे मागसहित आफूहरू रिले अनशन कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिदै आएका छन। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू आफूहरूले अघि सारेको कार्यबाहक सभापति भट्टले बताए।

आफूखुसी केन्द्रबाटै थप गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर अधिवेशन प्रक्रिया सुरुवात गर्न माग गर्दै रिले अनशन सुरु गरिएको बताए।

जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरेर एकलौटी रूपमा प्रहरी परिचालन गरेर सम्पन्न गरिएको वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर रिले अनशन बस्नुपरेको उनले बताए।

क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध गर्दै आइरहेका छन्।
निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार भदौ २५ गते वडा अधिवेशन गराएका थिए। डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको कार्यबाहक सभापति भट्टले बताएका छन। तर, देउवाले आफू अनुकूलका ३ सय १२ जना थपेको पनि उनले बताए।

जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्वजिल्ला सभापति तथा परशुरामका पूर्वनगर सभापति तारीसिंह बोहरा, त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्टलगायतको नाम सूचीबाट हटाइएको भट्टले बताए। यसै विषयमा अनसन कहिले सम्म बस्नुहुन्छ त भनी प्रशनगर्दा उपसभापति करुणकर भट्टले फारवेष्ट खबर लाई आफुहरुले यो अनसन रहरले नभई लोकतान्त्रीक पद्धती र पार्टीको विधान विपरित जवरजस्ती वडा अधिवेशन भन्दै व्यापक प्रहरी परिचालन प्रयोग गरि गरिएको ठाडो हस्तक्षेपका विरुद्ध हो, पुनःह डडेल्धुरा जिल्लामा वडाअधिवेशन नगराउदा सम्म आफुहरु निरन्तर रिले अनसनमा वसिरहने वताएका छन । आफूहरूका माग पूरा नभए चरणबद्धरुपमा आन्दोलन समेत गर्ने मल्ल पक्षको चेतावनी समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0