सुदूरपश्चिमका विभिन्न जिल्लामा सुरु भयो कांग्रेसको नगर र गाउँ अधिवेशन

0
5

धनगढीः सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नेपाली कांग्रेसको नगर र गाउँ अधिवेशन सुरु भएको छ। प्रदेशभर कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा आजदेखि गाउँ र नगर अधिवेशन सुरु भएको हो।

कांग्रेसले हालसम्म देशभर ६४ जिल्ला र सुदूरपश्चिमका ८ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। कैलाली बाहेकका सबै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेको हो। कैलालीमा सदस्यता विवाद टुंगो नलागेकाले वडा अधिवेशन अझै अनिश्चित बनेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका जिल्लामा मात्रै आजदेखि गाउँ÷नगर अधिवेशन गरिने भएकाले कैलालीमा भने गाउँ र नगर अधिवेशन पनि अनिश्चित बनेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here