हार्डवेयरमा प्रहरीको छापाः मन्दिरका घण्टीसहित दुई जना पक्राउ


महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0