विभिन्न कार्यक्रम गरी देशभर बिश्व फार्मासिस्ट दिवस मनाइदै


धनगढी असोज ०९– सेप्टेम्बर २५ अर्थात् ‘विश्व फर्मासिस्ट दिवस’। ‘फार्मेसी: सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’ (Pharmacy : always trusted For Your Health)  भन्ने नाराका साथ यस वर्ष नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी शनिवार यो दिवस मनाइँदैछ।

आज world pharmacist day को सबैलाई शुभकामना सहित उक्त दिन  भागेश्वोर एकेडेमी फर हेल्थ साइन्स कलेज देखि सुरु भएको प्रभातफेरि र्यालि ,हस्पिटल लाइन,जिल्ला प्रशासन कार्यलय हुदै पुन भागेश्वर  कलेज फर्केर समापन भएको थियोे, उक्त कार्यक्रममा पेशागत सम्बन्धित  ब्याक्तीहरु सबैको एउटेेै अवाज थियोे : जहा औसधि त्यहा फार्मासिस्ट

उक्त कार्यक्रम मा बोल्दै रास्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सचिव हरिश प्रकाश बोहराले फार्मेसी अध्ययन गरिसकेका र गरिरहेका सम्पूर्ण साथीहरुलाई एकजुट भएर आफ्नो पेशा को हक अधिकारका लागि लाग्न पनि सबैलाई अनुरोध गर्नुभयो। मानव स्वास्थ्यलाई अनुकुल बनाउन उपभोग गरिने औषधीको बारेमा पर्याप्त जानकारी औषधी विक्रीगर्ने वा दिने व्यक्तिलाई नै राम्रोसंग थाहा नभए के होला ? यस्तो अवस्थामा गलतढंगले औषधीकोे उपयोग हुने कुरालाई सहजै अनुमान गर्न सकिन्छ ।

नेपालमा अहिले पनि सरकारी अस्पतालमा सञ्चालित फार्मेसीमा समेत फार्मेसिस्टको प्रयाप्त व्यवस्था नहुँदा यस्तै अवस्था रहेको देखिन्छ।
औषधी उत्पादन देखि उपभोगसम्म फर्मासिस्टको महत्वपूर्ण भूमिका रहनु पर्नेमा त्यसलाई वास्ता नगरिएको सचीव बोहरा बताउछ्न।

औषधी उत्पादनको क्षेत्रदेखि विरामीको पहुँचसम्म गुणस्तरीय, असरयुक्त र सुरक्षित औषधी पुर्याउन फर्मासिस्टको उपस्थिति अनिवार्य गराउने, अस्पताल फर्मेसी निर्देशिका २०७२ समय सापेक्षित परिमार्जन गरी अक्ष्रस पालना गर्नुपर्नेमा जोडदिनुपर्ने उपाध्यक्ष चन्द्रशेखर बढु ले भन्नू भयो।

हरेक मेडिकल तथा औषधी पसलमा औषधी विक्री वितरणका लागि फर्मासिस्टको व्यवस्था हुनुपर्दछ र बिरामीको जाँचपछि डाक्टरको सिफारिसमा फर्मासिस्टले बिरामीलाई औषधी दिनुुपर्ने हुन्छ । तर अधिकांश सरकारी अस्पतालका फार्मेसीमा समेत फार्मासिस्ट बिना नै औषधी विक्री वितरण हुने गरेको  रास्ट्रिय फार्मेसी संघ सु. प अध्यक्ष माहाओम राज जोशीले बताउनु भयो ।

नेपालमा ३ सय भन्दा माथी औषधी कम्पनीका औषधीहरु भित्रिने गरे पनि ज्यादै न्युन जनशक्तिका कारण त्यसको अनुगमन हुन नसकेको जोशीले जानकारी दिनुभयो

साथै औषधिको उचित प्रयोग गर्नको लागि सबै सरोकार निकाय तत्पर हुनुपर्ने , प्रदेश स्तरीय औषधि व्यवस्था विभाग र फार्मेसी परिषद् गठन गरिनुपर्ने लगायत मुद्दाहरू माथि आगामी दिनमा अगाडि बढ्नु पर्ने हुँदा सबै फार्मेसी पेसाकर्मी साथीहरू लाई मिलेर अगाडि बढ्न तयार रहन पनि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा रास्ट्रिय फार्मेसी संघ  सुदूरपश्चिम प्रदेश कमिटी द्वारा तारानगरमा रहेको मानवसेवा आश्रम मा गएर खाद्यान्न तथा औषधि वितरण गरेर कार्यक्रम समापन भएको थियो। मानव सेवा आश्रम का प्रदेश संयोजक आदर्श ढकाल ले प्रदेश सरकार बाट सानो गाडी, एम्बुलेन्स सहयोग भैदियको भय अझै यहाँ भएका ब्याक्ती हरु को लागि  सजिलो हुने ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0