कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए

0
6

कञ्चनपुरः जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।

जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा ओटीसी सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबालिका खोजी गरेका हुन्। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समावेश गरिएको थियो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या देखा परेपछि अभियान सञ्चालन गरी खोजी कार्य गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here