चर्चित गायक प्रमोद खरेल असोज २२ गते अत्तरिया आउँदै


अत्तरिया– सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा प्रमोद खरेल आउने भएका छन् । अत्तरियामा रहेको सुबिधा सम्पन्न होटल नमस्ते होटल र लामो समय देखी यस क्षेत्रको कला र संस्कृतिलाई जगेर्ना गर्दै डान्स सिकाउदै आएको क्युरिक्स डान्स स्टुडियोको संयुक्त आयोजनामा यही असोज २२ गते हुन गैरहेको दशैतिहार बिषेश सास्कृतिक कार्यक्रममा सहभागी हुन प्रमोद खरेल आउने भएका हुुन् । आयोजक टिमले आज अत्तरियामा पत्रकार सम्मेल गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

नजिकिदै गरेको नेपालीहरुको महान चार्ड दशैको अबसर पारेर यस क्षेत्रको कलासंस्कृतिको जोर्गेना गर्नाका लागि एक दिने बिषेश सास्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक नमस्ते होटलका संचालक लक्ष्मण धामीले जानकारी दिए । उनले उक्त कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपालकै चर्चित तथा लोकप्रिय गायक प्रमोद खरेल रहने बताए ।

नमस्ते होटलको पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम राखिएको छ । साँझ ५ बजेदेखी राति ९ बजे सम्म संचालन हुने उक्त कार्याक्रममा सहभागिता जनाउनेहरुका लागि आजैवाट टिकट बुकिङ खुल्ला गरिएको उनले बताए । उक्त कार्यक्रममा सहभगि हुनका लागि रु १५ सयको टिकट शुल्क तोकिएको संचालक धामीले बताए । यसमा रातिको खाना संगै पेय पदार्थ तथा फोटो सुटको सुबिधा रहेको बताए ।

५ सय जना क्षमताको पार्टी प्यालेसमा कोरोना महामारीलाई मध्यनजर गर्दै करिब २ सय ५० जना मात्रै सहभगी गराइने लक्ष्य रहेको उनले बताए । यसका लागि आजदेखी नै आफ्नो सिट सुरक्षित गरी एक दिन प्रमोद खरेलको साथमा मनोरञ्जन लिन उनले सम्पूर्णमा आग्रह गरेका छन् ।

यस्तै पत्रकार सम्मेलमा बोल्दै क्युरिक्स डान्स स्टुडियोका संचालक हरिश बिक्रम खडायतले दशैतिहारको मौका पारेर एक दिन भएपनि यस क्षेत्रका नागरिकहरुलाई मनोरञ्जन प्रदान गरौ भन्ने उध्ेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले विश्व कोरोना महामारीको अबस्थामा तनाबग्रस्त जिवन बिताइरहेको बेला राष्ट्रकै चर्चित गायक प्रमोद खरेलको साथमा एक दिने बृहत सास्कृतिक कार्यक्रमद्धारा यस क्षेत्रका दर्शकहरुमा भरपूर रुपले मनोरञ्जन गराई तनाबग्रस्त जिवनलाई सहज रुपमा ल्याउन सहयोग गर्ने र सुदूरपश्चिम प्रदेशमा पनि यस्ता साँस्कृतिक सांगितिक र एकल साझा स्थापित गराई तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा कम छैन भन्ने भाव पैदा गराउनका निमित्त यस कार्यक्रमले महत्वपूर्ण योगदान पुञ्याउने छ भन्नेमा आशावादी रहेको बताए ।

उनले गायक खरेलसंगै क्युरिक्स डान्स स्टुडियोका कलाकारसंगै अन्य स्थानिय प्रतिभाहरुलाई पनि सहभागी गराइने बताए । उनले एक दिन भएपनि दिनभरिका थकानलाई मेट्नका निमित्त कार्यक्रममा सहभागी कार्यक्रमको शोभा बढाइदिन सबै अत्तरिया सहित सुदूरपश्चिमबासीमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0