उल्का गार्मेन्ट उद्योगले माग्यो २७ जना कर्मचारी


धनगढी विगत लामो समयदेखि कोरियामा रोजगारी गरी नेपाल फर्किएका ५ जना युवाहरुले धनगढीमा सञ्चालन गरेको उल्का गार्मेन्ट उद्योग संचालनको अन्तिम चरणमा पुगेको छ ।

करोडौंको लगानीमा सञ्चान हुन लागेको उक्त गार्मेन्टमा रोजगारीको अबसर खुलेको छ । अबको केहि दिनभित्रै संचालनको तयारीमा रहेको उक्त गार्मेन्ट उद्योगले पहिलो चरणमा २७ जना कर्मचारी मागेको छ । सुदूरपश्चिम प्रदेशमा स्तरिय कपडा उत्पादन गर्ने, वास गर्ने र विषेश गरी जिन्सपाइन्ट बनाउने उद्देश्यका साथ ५ जना व्यक्तिले सामुहिक रुपमा उद्योग संचालन गर्न लागेको अक्कल बहादुर सिंहले बताए । लागि आबश्यक कर्मचारीका ल उद्योगका अनुसार आकर्षक तलबसहित वास मास्टर १ जना, कटिङ्ग मास्टर १ जना र कपडा सिउने २५ जनाको आवश्यक रहेको जनाएको छ ।

इच्छुक ब्यक्तिले ९८४०३२१७८९,९८६०८९०४२१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । नेपालबाट वार्षिक अर्बौं रुपैयाँ विदेसिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ठूलो लगानीमा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्ट उद्योग खोलेर जेन्स कपडा उत्पादन तथा सुलभ दरमा  वास गर्ने तयारी गरेका हुन् । अक्कल बाहादुर सिंह, सुरेन्द्र भन्डारी, हेमन्त जोशि, नबराज भट्ट र धर्मराज जोशीको टीमले उक्त उद्योग संचालनमा ल्याउन लागेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0