सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औं अधिवेशन सम्पन्न


सुदूरपश्चिम समाज दक्षिण कोरियको १५ औं अधिवेशन सम्पन्न भएको छ । आज भएको अधिवेशनबाट यज्ञराज नायक अध्यक्ष रहेने गरी २४ सदस्यीय कर्यसमिति चयन गरेको छ । कार्यक्रम कोरियाको राजधानीमा सौलमा सम्मपन्न भएको हो । दक्षिण कोरियमा बसेका नेपाली नागरिकको हकहितमा काम गर्दे आएको यस समाजले नयाँ कार्यसमिति तयार पारेको पूर्व अध्यक्ष धर्मराज जोशीले बताए ।

यस सुदूरपश्चिम समाज दक्षिण कोरियाले विगत लामो समयदेखि दक्षिण कोरियामा भएका नेपाली नागरिकलाई समस्या परेको खण्डमा सहयोग गर्दै आएको छ । सुदुरपश्चिमा समाज दक्षिण कोरिया को आज सम्पन्न १५ औ साधारण सभाबाट नब निर्वाचित पदाधिकरी क्रमश अध्यक्ष– यज्ञमान नायक, बरिष्ट उपाध्यक्ष– महेश महरा, उपाध्यक्ष– जनक बहादुर विष्ट, उपाध्यक्ष– दिपेन्द्र रोकाया, उपाध्यक्ष– महेश भट्ट, महासचिव– योगेश बोहोरा, सचिव– अमर भट्ट, सचिव– रेवन्त रावल, कोषाध्यक्ष– टेकराज पनेरु, सह कोषाध्यक्ष– टंकेश्वर खडका रहेका छन ।

त्यस्तै १५ औं अधिवेशनले जिल्ला संयोजकहरू पनि तोकेको छ जसमा – राजु न्यौपाने( बाजुरा) मानबहादुर धामी(बझाङ्ग) महेश बजगाईँ (अछाम) कृष्ण भण्डारी(डोटी) छविलाल न्यौपाने(कैलाली) तीर्थराज कडायत(दार्चुला) डबलबहादुर चन्द (बैतडी) बसन्त बोहोरा (डडेल्धुरा) विक्रम जोशी (कंचनपुर)का लागि जिल्ला संयोजक लोको हो । त्यस्तै सदस्यहरूमा – जगदीश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी, कुमार काफ्ले र हरिश बिष्ट रहेका छन । नवनिर्वाचित पदाधिकारीलाई सुभकामना दिँदै विगत जस्तै भविश्यमा पनि समस्यामा परेका नेपाली नागगरिकको लागि काम गर्न पूर्व अध्यक्ष जोशीले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0