डडेल्धुरामा कांग्रेसको वडा अधिवेशन पुनः नगरे आन्दोलन गर्ने चेतावनी

0
74

धनगढी– डडेल्धुरामा नेपाली कांग्रेसको भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन बदर गरी पुनः गर्न माग गरिएको छ। शनिबार पार्टी कार्यालय किशुन जी भवनमा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका कार्यवाहक सभापति करुणाकर भट्टको सभापतित्वमा बसेको बैठकले सातौं अधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यता विवादबारे प्रमाणसहित उजुरीमार्फत केन्दीय सभापति शेरबहादुर देउवा तथा केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराइसकेकाले सो अधिवेशन बदर गरी नयाँ मिति तोक्न आग्रह गरिएको छ।

बैठकले गरेको निर्णयको प्रतिलिपी पार्टी सभापति देउवा तथा निर्वाचन समितिलाई पठाइएको जिल्लाका कार्यवाहक सभापति भट्टले बताए। साथै उनले आफूहरुको माग सम्बोधन नगरी वडा अधिवेशन जस्तै एकलौटी रुपमा आगामी अधिवेशनका कार्यक्रम अगाडि बढाएमा आन्दोलन स्वरुप धर्ना र अनशन बस्ने निर्णय समेत गरी केन्द्रमा पठाइएको जानकारी गराए।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप लगाएको छ। तर आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवाद सृजना भएको जिल्ला सभापति मल्लले बताउँदै आएका छन्। उता देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here