पश्चिम सेती आयोजनाको अध्ययनका लागि आयोजना स्थल पुग्यो सरकारी टोली


धनगढी । पश्चिम सेती जल विद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि विज्ञसम्मिलित उच्चस्तरीय टोली आज आयोजना स्थल पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० सुशील भट्ट, अर्थ सचिव मधु मरासिनी, कानुन सचिव उदय सापकोटा, ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल र पूर्व ऊर्जा सचिव अनुप उपाध्याय लगायत १५ जना विज्ञको टाली आज आयोजना स्थल पुगेको हो ।

दुई महिना अघि गठित अध्ययन समितिलाई ६ महिनाभित्र परियोजनाको ढाँचा, विकास र लगानीको ढाँचा लगायतका विषयमा विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समय सीमा तोकिएको छ ।

अध्ययन समितिले दुई महिना देखि पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि काम गरिरहेको भए पनि विज्ञहरूको उच्चस्तरीय टोली आयोजनास्थलमा पुगेको भने पहिलो पटक हो । उक्त विज्ञ सम्मिलित सरकारी टोलीलाई स्थानीयले बाजागाजा सहित दिपायल विमान स्थलमा स्वागत गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0