पाँच दिनपछि खुल्यो गौरीगंगा नगरपालिकामा लागेको ताला


अत्तरिया– जिल्लाको गौरीगंगा नगरपालिकामा लगाएको ताला पाँच दिनपछि खुलेको छ । भदौ २८ गते पाँच दलीय गठबन्धनले नगरपालिकाको कार्यालयमा गरेको नगरपालितालाबन्दी ५ दिन पछि शुक्रवार खुलेको हो ।

पाँच दलीय गठबन्धन नगरपालिकालाई नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेको थियो । नगरपालिका आन्दोलत पक्ष संग भएको कुरा कार्यापालिका बैठकमा अनुमोदन गर्ने विषयमा सहमती भएको बताइएको छ ।

नगरपालिकामा आर्थिक बर्ष २०७६÷०७७ र २०७७÷०७८ को नदिजन्य पदार्थको आयव्यय, राजस्व, कृषि शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा र नगरपालिकाका गाडीको आयव्यय, बेरुजु रकम लगाएको बिषयमा कार्यपालिका सदस्यको संयोजकत्वमा पाँच राजनीतिक दलका जनप्रतिनिधि कार्यपालिका सदस्यको प्रतिनिधित्व हुनेगरी सात सदस्यीय छानविन समिति यहि असोज ६ गते बस्ने कार्यपालिका बैठकबाट कार्यान्वयनमा ल्याउने सहमतीमा तालाबन्दी खोलिएको हो । कार्यालयमा तालाबन्दी गर्दा नगरपालिकाका सम्पूर्ण कामकाजहरु प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0