तारालामा तामाङ्ग सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बन्दै


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त हुने भएका छन् । उनको आजै साँझ साढे ६ बजे सपथ ग्रहण हुने बताइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी भएकोले सपथ ग्रहण ढिलाइ हुने भएको हो ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष र यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहराको नाम चर्चामा छ । उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन ।

एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0