आजदेखि देशभरका विभिन्न स्थानमा सुपथ पसल सञ्चालनमा


काठमाण्डौ, असोज ०१ । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।

सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा÷मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी÷फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।

सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ । यस्तो सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0