सुदूरपश्चिममा आज मन्त्रिपरिषद् विस्तार हँदै


धनगढी, असोज ०१ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ। रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने भएको हो। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले अर्थमन्त्री नियुक्त गर्ने र साँझ सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताए।

एकीकृत समाजवादीले पाउने उक्त मन्त्री पदका लागि समाजवादीको संसदीय दलले नाम टुंगो लगाइसकेको छ। तारा लामा तामाङलाई अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको एकीकृत समाजवादीका एक सांसदले बताए। कञ्चनपुरकै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश रावलको पनि नाम चर्चामा छ।

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिएका थिए। उनीसंगै अर्थराज्य मन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी थिइन्।

माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0