काठमाडौं, भदौ ३१ । नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलको सुनौलो उपहार फिक्सडिपोजिटमा उत्कृष्ठ ब्याजदरको बहार योजना ल्याएको हो ।
गत वर्षको उत्कृष्ट दसैं अफरको सफलतापछि यस वर्ष पनि योजना सञ्चालनमा ल्याएको नबिलले जनाएको छ । नबिलले यो योजना अन्र्तगत व्यक्तिगत मुद्दती खातामा ९।२६ प्रतिशत ब्याजदर दिने भएको छ ।
एक वर्ष भन्दा माथिकको अवधिमा लागि यो मुद्दती योजना ल्याएको हो । योजना असोज १ गते शुक्रबारदेखि लागू हुने बैंकले जनाएको छ ।