कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार


कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ६७ ब २२५६ नम्बरको मोटाइसकल एक आपसमा ठोक्दिा दुई जना घाइते भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा परी घाईते चालक कैलारी गाउँपालिका –१ का अन्दाजी २६ वर्षीय प्रेम विकको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै अर्का मोटरसाइकल चालक रौतहटका अन्दाजी २८ वर्षीय गौतम चौधरीको अवस्था गम्भीर रहेको र लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको बताइएको छ।

विकको मोटरसाइकलमा सवार जानकी गाउँपालिका –१ दुर्गौलीका २८ वर्षीय कृष्ण विक र ३० वर्षीय ग्रीष्म विक सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार चौधरीको मोटरसाइकलमा सवार दाङको लमहीका २५ वर्षीय आशिष चौधरी र २८ वर्षीय दिवस चौधरी फरार रहेका छन्। दुर्घटनामा परेका दुवै मोटरसाकललाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0