सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

0
52

अत्तरीया– शान्ति पुर्नस्थापना गृहले भारतबाट दुई किशोरीको उद्धार गरेको छ। बिहिबार भारतको देहरादुनबाट दार्चुला र कञ्चनपुरका एक–एक किशोरीको उद्धार गरी प्रहरीको रहोबरमा परीवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतको राजकीय वालिका निकेतन देहरादुनमा रहेकी दार्चुलाको दुहु गाउँपालिका–५ का १९ वर्षीय बसन्ती धामी र कञ्चनपुर कृष्णपुर नगरपालिका–२ का ३५ वर्षीय गोमती नाथलाई हेल्प क्रस ट्रस्ट र शान्ति पुनर्स्थापना गृह संस्थाले उद्वार गरि ल्याएकोमा दुबै महिलालाई संस्थाकै रोहवरमा आ–आफ्नो अभिभावकहरुको जिम्मा लगाइएको हो। बसन्ती धामीलाई दिदी धाना धामी र गोमती नाथलाई दिदी धनपति नाथको जिम्मा लगाईएको शान्ति पुनर्स्थापना गृहले जनाएको छ।

बिगत १० वर्ष देखी भारतको राजकीय वालिका निकेतन देहरादुनमा रहेकी १९ वर्षीय किशोरी धामी र विगत ५ वर्षदेखी सोही पुर्नस्थापना केन्द्रमा रहेका ३५ वर्षीया नाथलाई उद्धार गरी परीवारको जिम्मा लगाइएको शान्ति पुर्नस्थापना गृह कञ्चनपुरका संयोजक संजिव शिंहले जानकारी दिए। उनले भने,–‘उनिहरु वर्षैदेखी राजकीय वालिका निकेतन देहरादुनमा रहेको जानकारी पाएपछि सम्बन्धीत जिल्ला प्रहरीमा खबर गरी परीवारले हराएको उजुरीका आधारमा नाता प्रमाणीत गरी जिम्मा लगाएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here