जनसम्पर्क समितिद्धारा एक करोड ३२ लाख बढी रुपैयाँ संकलन


नेपाली कांग्रेसको बिदेश स्थित नेपाली जनसम्पर्क समितिहरुले एक करोड ३२ लाखभन्दा बढी रकम संकलन गरेका छन्। नेपाली जनसम्पर्क समितीले नेपालमा कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि सो रकम संकलन गरेको नेपाली कांग्रेस आमन्त्रित केन्दिय सदस्य तथा नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टले जानकारी दिए।

सरकारको चरम लापरवाही, कुशासन र संवेदनहीनताका कारण आम नागरिक बीच कोभिड–१९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिरहेकोले नेपाली काङ्ग्रेसले सम्पूर्ण जनसम्पर्क समितीहरुलाई सहयोगको लागी अपील गरे सँगै विश्वभरिका जनसम्पर्क समितिहरुले एक करोड ३२ लाख ३४ हजार रकम संकलन गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयबाट जेठ २ गते सभापति शेरबहादुर देउवाले म्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोग सम्बन्धमा परीपत्र गरे लगतै कोभिड–१९ अनुगमन समितिका संयोजक पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजनमा पार्टी निर्देशन अनुरुप आर्थिक संकलन गरेको हो।

पार्टीको परिपत्र र निर्देशन प्राप्त भएपछि पार्टीद्वारा सह–महामन्त्री महतको संयोजकत्वमा गठित कोभिड–१९ अनुगमन समिति, नेपाली जनसम्पर्क समन्वय समिति, सम्पूर्ण मुलुकका जनसम्पर्क समितिका अध्यक्षहरु र एन.आरएनएमा आवद्ध कांग्रेस निकटहरुसंग सामुहिक छलफल गरी रकम संकलन सुरु गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0