अछाममा महिलामाथि दुर्व्यवहारको आरोपमा पक्राउ वडाध्यक्षलाई मेयर र उप–उपमेयरले छुटाए


अत्तरिया–अछाममा मदिरा सेवन गरी हो–हल्ला गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई मेयर र उपमेयरले प्रहरीबाट छुटाएर लगेका छन्। गए राती मदिरा सेवन गरी होटेल सँचालक महिलामाथि दुर्व्यवहारको आरोपमा पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो।

तर नियन्त्रणमा लिएको केही घण्टामै मेयर देवराज देवकोटा र उपमेयर अम्बिका चलाउनेले हिरासतमा रहेका वडा अध्यक्ष खनाललाई छुटाएर लगेको अछामका डिएसपी तुलसीराम अर्यालले बताए। वडाध्यक्ष खनालले केही मात्रामा मदिरा सेवन गरेको र आइन्दा हो–हल्ला नगर्ने, कसैलाई दुःख नदिने सहमति सँगै मेयर र उपमेयरले लगेर गएका प्रहरीले जनाएको छ।

गए राती वडा नम्बर ३ स्थित कलसा कु।शाहीको होटेलमा गई मदिरा सेवन गरी वडाध्यक्ष खनालले शाहीमाथि दुर्व्यवहारको गरेको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0