कञ्चनपुरमा महिलाको कलेजो खराब, प्रत्यारोपणका लागी सहयोगको याचना


अत्तरीया–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ५० वर्षीया हरिना देबि शाहको कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थीक सहयोगको याचना गरीएको छ।

जिवन र मृत्यु को दोसाँधमा रहिकी शाहको पारीवारीक अवस्था कमजोर रहेको भन्दै आर्थीक सहयोगका लागी सबैमा बिनय गरीएको हो। कृष्णपुर नगरपालिकाले पनि आर्थीक सहयोग गरीदिन हुन सबै क्षेत्रमा अनुरोध गरेको छ। उनको कलेजो प्रत्यारोपण गर्न ४० देखि ५० लाख जति लाग्ने भएकाले आर्थिक अभाबले कलेजो प्रत्यारोपण गर्न सकिएको छैन। जसले गर्दा उनले जिवन र मृत्यु को दोसाँधमा बस्नु परेको छ।

मान बहादुर चन्द (सहयोगी) ले उनकोे जीवन रक्षा गर्नको लागि सक्दो आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण समाजसेवी, राजनीतिकर्मि, बुद्धिजीवी,पत्रकार, आफन्त, नातेदार तथा देश बिदेशमा रहनुभएका सहयोगी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा अपील गरेका छन्।

सहयोगका लागी सम्पर्क नम्बर मान बहादुर चन्द सहयोगी ९८४८९०३९०८, जनक सिंह ठकुरी ९८४८७७२३१८, सुरेन्द्र बहादुर शाह (छोरा) ९८४८८२४२४२ , बैंक खाता नम्बर एभरेष्ट बैंक लिं. ०११००५०१२२५४२८ र ई.सेवा आईडी ९८१५६४५५८० मा सहयोगका लागी अनुरोध गरीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0