बाजुरामा पहिरोले एक सय २४ परिवारको विचल्ली, त्रिपाल मुनी रात कटाउदै

0
28

बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन्। गत जेठ २९ र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै गाउँ जोखिम भएपछि १२४ घरपरीवार त्रिपालमा बस्दै आएका हुन्। हिमाली गाउँपालिका–४ का २७ र वडा नं ५ को क्यूडीका ९७ गरी १२४ घरपरिवार अहिले खुल्ला आकासको त्रिपालमुनीको बास बस्दै आएका छन्।

आफुहरु सडक भाँसिदा गाउँ जोखिममा रहेको र जोखिम भएको ठाउँमा बास बस्नु भन्दा सुरक्षाका लागि गाउँ नजिकैको चौरमा त्रिपाल हालेर बास गर्दै आएको हिमाली गाउँपालिका ५ का स्थानीय दलबिर सार्कीले बताए। सानो त्रिपालको भरमा बालबच्चालाइ कसरी जोगाउनु भन्ने पिरलो रहेको उनको दुखेसो छ। यतिबेला पहिरोको त्रासमा घर छाडेर हिडेका १२४ परिवारलाई बिहान बेलुका कसरी खाने भन्ने चिन्ताले सताएको उनिहरुको भनाइ छ।

अहिले बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको र तत्कालै राहत प्रदान गर्ने योजनाका साथ आफुहरु अगाडी बढेको हिमाली गाउँपालिका सूचना अधिकारी पराम पाण्डेले बताए। जेठ २९ गतेदेखि असार दोस्रो सातासम्म लगातार आएको अविरल वर्षाका कारण गाउँमाथिको सडकनै तल भासिएपछि गाउँ जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here