शान्ति पुर्नस्थापना गृहद्धारा कञ्चनपुरमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण


अत्तरीया–शान्ति पुर्न स्थापना गृह पिआरसी नेपाल शाखा कार्यालय महेन्द्रनगरको सम्पर्क कार्यालय ब्रहमदेवले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरेको छ। भिमदत्त नगरपालिका वडा नं ९ सङ्ग सहकार्य गरी वडा नं ९ सीमा प्रहरी चौकीका प्रमुख देव सिंह बुडाल र सशस्त्र प्रहरी बल वि ओ पी ब्रहमदेवका इन्सपेक्टर निरक बहादुर शाही लगायतका कर्मचारीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरीएको गृहले जनाएको छ।

उक्त कार्यक्रममा भिमदत्त नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम नाथ , महिला प्रतिनिधि रामा देवी पाल, सीमा प्रहरी चौकी का प्रमुख देव सिंह बुडाल, महिला सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल वि ओ पी ब्रहमदेवका इन्सपेक्टर निरक बहादुर शाहीले शान्ति पुन स्थापना गृहलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि मिलेर सहकार्य गर्ने प्रतिवद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0