कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ



अत्तरीया–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १६ का २० वर्षीय सन्नी कार्की रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो गोबरिया स्थित म ३ प १२२२ नम्बरको स्कुटीमा सवार कार्कीमाथि चेक जाँचका क्रममा २.८५ ग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको हो । पक्राउ कार्की माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0