युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, कसको खेल कहिले ?


१६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको प्रि–क्वार्टरफाइनलका खेलहरु मंगलबार राति सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । यसपटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।

युरोकप फुटबलको सर्वाधिक विजेता टोली जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै, दुईपटकको विजेता फ्रान्स पनि बाहिरिएको छ । साबिक विजेता टोली पोर्चुगल पनि प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत अन्तिम आठका खेलहरु आउँदो शुक्रबारबाट सुरु हुनेछ ।

क्वार्टरफाइनल समीकरण
शुक्रबार राति ९ः४५ बजे – स्वीट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ः४५ बजे – बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ः४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ः४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0