एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य


नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो ।

यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा मनोनयन भएका हुन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा समेटिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ । केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0