कञ्चनपुरका सिडिओ महतोको सरुवा


अत्तरीया–कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुरसहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो।

गृह मन्त्रालयले मंगलबार कञ्चनपुर, जुम्ला, सर्लाही, मुस्ताङ, धनकुटा र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0