कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

0
92

अत्तरीया–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती ११ बजेको समयमा जिल्लाको बेदकोट नगरपालिका –९ बैधनाथ सडकमा उभिरहेको अवस्थामा लागुऔषध ब्राउन सुगर सहित सोही ठाउँका ३१ वर्षीय गगन बोहरा पक्राउ परेका हुन्।

उनको साथबाट ०.५१० मिलिग्राम ब्राउन सुगर लागु औषध फेला परेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here