विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले गर्याे रक्तदान कार्यक्रम


अत्तरिया:  कैलालीको अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा अत्तरियाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आज (शनिवार) परेको विश्व बन्धुत्व दिवसको अवसरमा  ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियाले रक्तदान जीवनदान शिविर २०२५ को आयोजना  गरेको थियाे।

उक्त रक्तदान कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले रक्तदान जस्तो पुण्य कार्यक्रमको आयोजना गरेकोमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरियालाई धन्यवाद व्यक्त गरे का थिए।

यस विश्वविद्यालयले समाजलाई सकारात्मक क्षेत्रतर्फ डोर्‍याउन महत्वपूर्ण भुमिका खेलिरहेको उनले बताए ।

भदौ ९ गते परेको राज योगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि विश्वविद्यालयका देशैभरका शाखाहरुले विविध कार्यक्रम  गरि मनाउँदै अाएकाे अायाेजकले जानकारी गराएकाे छ ।

एक थोपा रगत अनन्त आर्सीवाद भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रेडक्रसको सहयोगमा अाफ्नै  हलमा रक्तदान कार्यक्रम चलाएकाे थियाे ।  उक्त रक्तदान कार्यक्रम दिउसाे ३ बजेसम्म चल्ने अायाेजकले वताएकाे छ  ।