कैलाली अदालतका न्यायाधीश धामी उच्च अदालतद्वारा सम्मानित
कैलाली अदालतमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै धामीलाई सम्मान गरिएको हो। धामीले आर्थिक वर्ष २०८१/०८२ काे न्याय सम्पादनमा उत्कृष्ट कार्य गरेकोमा सम्मानित गरिएको स्राेतले जनाएको छ।
सम्मान कार्यक्रममा उच्च अदालत दिपायलका का.मु मुख्य न्यायाधीश दण्डपाणि शर्मा, न्यायाधीश आश्विन राई, रजिस्ट्रार तारादत्त बडु लगायत सहभागी रहेका थिए।













