निर्देशक तोकिय : जनशक्ति र बजेटको पर्खाइमा गेटा अस्पताल


अत्तरिया : कैलालीको गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डाक्टर प्रमोद जोशीलाई गत असार ९ गते नियुक्त गरियो। डाक्टर जोशी निर्देशक नियुक्त भएको चार महिनापछि मात्र बुधबार मेडिकल कलेजको अस्पताल भवनमा कार्यालय स्थापना भयो।

गेटा मेडिकल कलेज, अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले अस्पतालभित्र कार्यालय स्थापना गरेको बताए। उनले भने, ‘पूर्वाधारको समूह र हामी मिलेर काम गर्दैछौ। विद्युत, खानेपानी र ढलको काम बाँकी छ। पूर्वाधार समूहले काम गर्दैछ। हामीले स्थायी कर्मचारीको ३-४ जना मात्र छौ। यतिले मात्र हुँदैन। अस्थायी दरबन्दी भएपनि स्वीकृत गर्नुपर्ने छ।’
बुधबारदेखि मेडिकल कलेजको एउटा भवनमा अस्पतालको कार्यालय स्थापना गरिएको हो। तर अस्पतालका निर्देशकसहित चार जना मात्र कर्मचारी छन्। २ सय शैय्याको अस्पताल सञ्चालन गर्न ६० जना चिकित्सकसहित पाँच सय कर्मचारी आवश्यक हुन्छ। तर, कर्मचारीको दरबन्दी छैन्। ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न भौतिक संरचना निर्माण पूरा भएको छ। यता २ सय शैय्याको अस्पताल सञ्चालनका लागि पनि कर्मचारीको अभाव छ।

‘६ सय शय्याकोअस्पताल हो। पहिलो चरणमा २ शैय्याको सर्भे भएको छ। सोही अनुसार हामी अगाडि बढ्छौ,’ जोशीले भने। गेटामा आकस्मिक, ओपीडि र शल्यक्रियासहितको स्वास्थ्य उपचार सेवा सञ्चालनको योजना रहेको जोशीले सुनाए। तर उपकरण खरिद र जडानका लागि बजेट अभाव रहेको उनको गुनासो छ।

गेटामा झण्डै पाँच अर्बका भौतिक संरचना निर्माण गरिएको छ। झण्डै तीन अर्बका संरचना निर्माणकै चरणमा छन्। अस्पताल सञ्चालनका लागि उपकरण खरिद र जडानका लागि भने बजेटको अभाव छ। आवश्यक कर्मचारी र बजेट विनियोजन नहुँदा अस्पताल सञ्चालनमा समेत समस्या हुने देखिएको हो। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले विद्युत जडानका लागि ठेक्का भएको बताए। विद्युतको लाइन अण्डरग्राउण्ड विस्तार गर्नुपर्ने भएकाले वर्षातको समयमा काम नभएको पुजाराले बताए।

‘विद्युतका लागि आवस्यक ट्रान्सफर्मर र तारहरु आएका छन्। वर्षातको समय भएकाले काम भएन। तिहारलगत्तै काम सुरु हुन्छ,’ पुजाराले भने। खानेपानीको पनि ठेक्का भएको उनको दाबी छ। तर ओभरहेडसहितको आयोजना पूरा गर्न समल लाग्ने देखिएकाले वैकल्पिक पानीको व्यवस्थापनमा लागेको उनले जनाए।

पुजाराले भने, ‘ओभरहेडसहितको काममा ढिलाई हुन्छ। तर पहिलाको बोरिङको पानी प्रयोग गर्न मिल्ने हुन्छ।’ मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार भएपनि अस्पताल सञ्चालनका लागि आवश्यक खानेपानी, ढल र बिजुली जडानको काम बाँकी हो। सडक निर्माणका लागि भने ठेक्का सम्झौता गर्न पनि बाँकी छ। साभार दिनेश खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0